युवा खेलाडीलाई ‘गाइड’ गर्ने मुख्य चुनौती काठमाडौंलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 387 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक हुँदा हुँदै फ्रेन्चाइजी टिमको प्रशिक्षक सम्हाल्ने निर्णय गरेका बालगोपाल महर्जनले यतिबेला काठमाडौं रेजर्सलाई कसरी बलियो बनाउने भन्ने चिन्ताले एक साता सतायो । थोरै समयको प्रशिक्षण त्यसमा पनि खेलाडीलाई एक साथ प्रशिक्षण गराउन पनि पर्यात्त समय नभएको, खेलाडीहरु विभिन्न प्रतियोगितामा ब्यस्त रहेका बेला करिव एक साता काठमाडौंले भक्तपुरको ठिमीमा प्रशिक्षण गर्यो ।

विकेश कुथु मार्की खेलाडी रहेको काठमाडौंमा पछिल्लो पटक त्रिदेशीय कप फुटबलमा चम्किएका दुई खेलाडी सन्जोक राई र तेज तामाङ रहेका छन । काठमाडौं टिममा पदाधिकारीमा राष्ट्रिय टिमको सेट नै छ भन्ने कम नहोला । ब्यवस्थापक, प्रशिक्षक, जनरल म्यानेजर सबै एन्फाका पदाधिकारी रहेका छन ।

काठमाडौं टिममा आठ जना खेलाडी विभागिए टिमका छन । टिमको स्ट्राइकरमा विश्वास श्रेष्ठ, प्रिजेन तामाङ, सुदिल राई र स्टेफेन समिर छन ।
यस्तै डिफेन्समा अमृत श्रेष्ठ, पृथ्वी चौधरी, बिमल पाण्डे र आशिष गुरुङ, छिरीङ गुरुङ, फ्लोरेन कोरा, सुदिप सिख्राकार, अञ्जन राई, राजन गुरुङ छन ।

यस्तै मिडफिल्डमा तेज तामाङ, सञ्जोग राई, रुमेश बर्तोेला, आशिष राई छन । गोलकिपरमा विनय श्रेष्ठ र विकेश कुथु छन ।

टिममा युवा खेलाडीको बाहुल्यता रहेकाले पनि प्रशिक्षक बालगोपाल महर्जनलाई बढि दिमाग लगाउनुपर्ने हुनछ । नेपाललाई थ्रीनेशन कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाललाई नयाँ टिम, नयाँ प्रतियोगिता र नयाँ चुनौतीलाई ट्याकल गर्नुपर्ने देखिएको छ ।

भन्नलाई काठमाडौं टिम सन्तुलित भएको भनिएपनि आन्तरीक रुपमा केहि दबावमा देखिएको छ । उसले टिममा विदेशी खेलाडीपनि भनेजस्तो ल्याउन नसकेको दखिएको छ । तर यहि टिमबाट काठमाडौं रेजर्सले आफुलाई प्रतियोगितामा अब्बल बनाउनुपर्ने देखिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey