Mega Bank

ललितपुरका लागि खेलाडीको चोट मुख्य चुनौती

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 209 पटक हेरिएको

आयो लाखे उपनामको ललितपुर सिटि एफसीको नेतृत्व युवा स्ट्राइकर अञ्जनले गर्दैछन् । राष्ट्रिय फुटबल टिमले गत चैतमा थ्री नेसन्स कपको उपाधी जित्दा उनी प्रमुख सदस्य थिए । अञ्जनलाई  दाजु रञ्जन विष्टको साथ हुनेछ ।

टिममेट विमल राना मगर र युवा खेलाडी नवीन लामा अग्रपक्तिंमा हुनु अर्को बलियो पक्ष हो । अजरवैजानका फवार्ड नुरलान पनि टिममा छन् । मिडफिल्डमा एरिक विष्ट, मिक्छेन  र जर्मनका भिभिन रहने छन्  ।

अनुभवी डिफेन्डर  कमल श्रेष्ठलाई भरपर्दा डिफेन्डर पिटर सेगुनले साथ दिनेछन् । राष्ट्रिय टिमको क्याम्पमा परेका अपर्ण कार्कीले गोल लाईन सम्हाल्ने छन् । ललितपुरका प्राय खेलाडी ए डिभिजन लिग खेलिसकेका छन् ।

प्रदिप हुमागाईको प्रशिक्षणमा रहेको ललितपुरमा खेलाडीको चोटले बढि दबाव रहेको छ । उसका नौ खेलाडीमा चोट देखिएको छ । त्यसमा मुख्य खेलाडीपनि रहेका छन । प्रशिक्षणका बेला कहिले कता कहिले कता गरेर तयारी गरेको ललितपुरले अन्तिममा जेन्ट जेभियर्सको मैदानमा प्रशिक्षण गरेको थियो ।

अञ्जन विष्ट मार्की खेलाडी रहेको ललितपुर सन्तुलित टिम रहेको प्रशिक्षक हुमागाईको दावी छ । पहिलो खेलमा नै काठमाडौंसँग खेल्न तयारीमा रहेको ललितपुरको प्रदर्शन कस्तो हुने छ, त्यो सबै ललितपुरबासीका लागिपनि चाखलाग्दो हुनेछ ।

प्रदिप हुमागांई लामो समयपछि घरेलु प्रतियोगितामा प्रशिक्षकका रुपमा फर्किदैं छन् । २०१३ मा ए डिभिजन लिग क्लब थ्री स्टारलाई सम्हालेका उनलाई अनुभवभी प्रशिक्षक राजु तामाङले सघाइरहेका छन्। प्रशिक्षक हुमागाइले  आफ्नो सन्तुलित टिमले उत्कृष्ट प्रदर्शन गर्ने दावी गरे ।

खेलाडीको आपसी विश्वास र खेलमा हुने समन्वयलाई ललितपुर एफसीको बलियो पक्ष मानिएको छ ।

भर्खरै

Advertisement