त्रिकोणात्मक फाइनलः नेपाल टस हारेर पहिले ब्याटिङमा, चार तिब्र गतिका बलर सेटमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 313 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

नेपाली टिममा आज एक खेलाडी परिवर्तन गरिएको छ । सुसन भारीको स्थानमा अभिनाश बोहोरालाई टिममा राखेको छ ।

टिममा चार जना तिब्रगतिका बलर राखिएको छ । जसमा सोमपाल कामी, करण केसी, अभिनाश र कमल सिंह ऐरीलाई राखिएको छ ।

स्पिनरको जिम्मा सन्दिप लामिछानेको काँधमा हुनेछ । यस्तै पार्ट टाइम स्पिनरमा कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी पनि छन ।

नेपाललाई करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey