Mega Bank

नेपाल सुपर लिग आजदेखि, काठमाडौं र ललितपुर उद्घाटनमै भिड्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 225 पटक हेरिएको

नेपालमा पहिलोपटक हुन लागेको खुकुरी नेपाल सुपर लिग (एनएसएल) आजदेखि राजधानीमा शुरुहुँदै छ ।

खेल दशरथ रंगशालामा अपरान्ह साढे ५ बजेदेखि शुरुहुने छ । तर, दर्शकलाई भने रंगशाला प्रवेशमा निषेध गरिएको छ ।

सात सहरका नामबाट सात वटा टिम बनाइएको यो प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीको खेलसँगै सुरुआत हुने छ । ललितपुर अन्जन विष्टको कप्तानीमा रहेको छ भने काठमाडौंको कप्तानी विकेश कुथुले गर्ने छन् ।

एनएसएलमा धनगढी एफसी, विराटनगर सिटी एफसी, काठमाडौै रेजर्स, बुटबल लुम्बिनी एफसी, चितवन एफसी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी छन् । ७ टोलीको सहभागितामा सुरु हुने देशको पहिलो फ्रेन्चाई लिग एनएसएल १ जेठसम्म चल्नेछ ।

एनएसएलको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । एनएसएल सुरु हुनु एक दिनअघि पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टले विजेताको पुरस्कार राशि घोषणा गरेको हो ।

यस्तै दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउने भएको छ । एनएलएलका हरेक विधा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, लिग चरणका सबै खेलमा ‘ए’ श्रेणी र विदेशी खेलाडीबाहेकका एक जनालाई उदीयमान खेलाडी घोषित गर्दै १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

भर्खरै

Advertisement