त्रिकोणात्मक सिरिजका लागि नेपाल र नेदरल्याण्ड खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-११
  • |
  • 425 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत आज उपाधिका लागि नेदरल्याण्डसँग खेल्दै छ ।

त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट फाइनल खेल शुरु हुने छ ।

कोरोना महामारीका कारण नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले नेदरल्याण्ड र मलेसियालाई काठमाडौंमा बोलाएर त्रिकोणात्मक सिरिज आयोजना गरेको हो ।

डबल राउण्ड रोविन लिग अन्तर्गत भएको खेलमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा नेदरल्याण्ड दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।May be an image of one or more people, people standing, people playing sports and text

समूह चरणमा पहिलो खेलमा नेपाल नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणमा मलेसियालाई पहिलो खेलमा नौ विकेट र अर्को खेलमा ६९ रनको जित निकालेको थियो ।

नेपाली राष्ट्रिय टिमले घरेलु मैदानमा उपाधि नजितेको ११ वर्ष भइसकेको छ । आजको फाइनल जित्दै ११ बर्षदेखिको घरेलु मैदानको उपाधि खडेरी तोड्ने अभियानमा नेपाली टिम रहेको छ ।

नेपालले अन्तिम पटक सन् २०१० आइसीसी विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि जितेपछि कुनैपनि प्रतियोगिता जित्न सकेको छैन । यो बीचमा नेपाल सन् २०१३ मा एसीसी टी २० कपको फा

इनलमा पुगेको थियो । तर त्यो बेला अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो ।

May be an image of 1 person, standing, playing a sport and text

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको उपाधि जित्ने संभावना बलियो रहेको बताएका छन् । उनले नेदरल्याण्ड्स टिममा तीन मुख्य खेलाडी नहुँदापनि अझै राम्रो गरिरहेको र फाइनलमा उसलाई सहज रुपमा लिन नहुने पनि बताएका छन् ।

यस्तै कप्तान मल्लले फाइनल खेल्ने नेपाली टिममा केहि परिवर्तन हुन सक्ने संभावना रहेको बताए । नेपालले मलेसियाविरुद्धको खेलमा सेटमा दुई खेलाडी परिवर्तन गरेको थियो । फाइनलमा पनि टिममा एक वा दुई खेलाडी परिवर्तन हुनसक्ने संभावना रहेको छ ।

May be an image of 3 people, people standing and outdoors

May be an image of 1 person, standing and text that says 'CAN'

May be an image of 1 person, playing a sport and outdoors

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey