आईपीएलमा मुम्बईले पञ्जावलाई दियो १३२ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 343 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन मात्रै बनाउन सक्यो । मुम्बईका कप्तान रोहित शर्माले ६३ रनको पारि खेल्दा अरु ब्याट्सम्यान भने चल्न सकेनन् ।

आज पनि रोहितसँगै क्वीन्टन डी ककले ओपनिङ गरेका थिए । डी कक भने फ्लप रहे । उनी तीन रन बनाएर पभेलियन फर्किएपछि मुम्बईको विकेट पतनको शृंखला शुरु भएको थियो । त्यसपछि इशान किशन ६ रन बनाएर आउट हुँदा मुम्बईले दोस्रो विकेट २६ रनमा गुमाएको थियो ।

रोहित र सूर्यकुमार यादवले मुम्बईको पारि अघि बढाएका थिए । यादव व्यक्तिगत ३३ रनमा आउट हुँदा मुम्बईले तेस्रो विकेट १०५ रनको स्कोरमा गुमाएको थियो । १७.३ ओभरमा कप्तान रोहित ६३ रन बनाएर आउट हुँदा मुम्बईले चार विकेटको नोक्सानीमा ११२ रन बनाएको थियो । पाण्ड्या दाजुभाई पनि धेरै बेर टिकेनन् ।

हार्दिक एक रन बनाएर आउट हुँदा क्रुणाल तीन रनमा पभेलियन फर्किएका थिए । किरोन पोलार्ड भने १६ रनमा नटआउट रहे ।
मोहम्मद सामी र रवि विश्न्वईले दुई दुई विकेट लिए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey