जिएचसीए ‘बी’ ले जित्याे यु–१३ क्रिकेटकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 239 पटक हेरिएको

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए) ‘बी’ ले एभरफन यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ को उपाधि शुक्रबार जितेको छ ।

टस जितेको फाइनल प्रतिद्वनद्वी ओसिसले जिएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जिएचसीएले ओसिसलाई ४२ रनले पराजित गर्‍यो ।

जिएचसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११३ रनको योगफल खडा गर्‍यो । जिएचसीएले १६ अत्तिरिक्त रन प्राप्त ग¥यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

‘म्यान अफ द म्याच’ सार्थक विष्टले अविजित ४४, किशोर ओलीले १४ र इशान श्रेष्ठले ११ रन जोडे । ओसिसका रोहित शर्माले ४ ओभरमा १२ रन खर्चदै ३ विकेट हात पारे भने निराजन उप्रेतीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । काभ्या बाँस्कोटा र राजु विकले १–१ विकेट चट्काए । २ ब्याट्सम्यान रन आउट भए ।

प्रत्युत्तरमा ओसिसले १७ ओभरमा अलआउट हुनुअघि ७१ रन बनायो । निराजन उप्रेती र आशुतोष शाहले समान १२ तथा रोहित शर्माले १० रन जोडे । ओसिसले १९ रन अत्तिरिक्त रनका रुपमा पाएको थियो ।

बलिङतर्फ जिएचसीएका वंश क्षेत्रीले ३ ओभरमा १० रन खर्चदै २ विकेट लिए । त्यत्ति नै विकेट लिएका गोकुल अधिकारीले ४ ओभरमा १४ रन दिए । निश्चल केसी, प्रचित कुँवर र सार्थक विष्टले १–१ विकेट हात पारे ।

२ खेलाडी रन आउट भए । प्रतियोगितामा उपाधि विजेता जिएचसीएका वंश क्षेत्री ‘म्यान अफ द सिरिज’ घोषित भए । प्रतियोगिताभर वंशले ८ विकेट लिनुसाथै १२८ रन प्रहार गरे ।

एन्जल्स स्कुलका युवराज खत्री उत्कृष्ट ब्याट्सम्यान र बलर चुनिए । एन्जल्स हार्ट माविका सन्दिप साउद उदीयमान खेलाडी ठहरिए । विजेता जिएचसीएका आर्यन शाह उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले सुविसुबाट ४ महिनाका लागि निःशुल्क इन्टरनेट सेवा पुरस्कार स्वरुप पाए । दुई विधामा उत्कृष्ट भएका युवराजले थप ४ महिना गरी ८ महिनाका लागि इन्टरनेस सेवा पाए ।

विजेतालाई एन्जल्स हार्ट एजुकेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स स्पोर्ट्स एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर थापा, एभरफन चोकोलेटका प्रबन्धक विमल कुँवर, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र निर्देशक विकास शाहीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा बैशाख २ गतेदेखि सुरु प्रतियोगितामा मोफसलको १ सहित ८ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal