पाकिस्तानविरुद्ध जिम्बावे उत्कृष्ट जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 596 पटक हेरिएको

पाकिस्तानविरुद्धको दोस्रो टी २० खेलमा जिम्बावे १९ रनले विजयी भएको छ । जितसँगै जिम्बावेले तीन खेलका सिरिज एक एकको बराबरीमा पुर्याएको छ ।

हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रन बनायो । उसका तिनासीले ३४ रन बनाए भने मरुमानीले १३ तथा वेस्ले माधेभेरेले १६ रनको योगदान गरे ।

यस्तै रेगिस चाकाभाले १८ रन बनाउँदा तरिसेईले १३ रन थपे । बलिङमा पाकिस्तानका डानिस अजिज र मोहम्मद हुसेनले दुई दुई विकेट लिए ।

जवाफमा पाकिस्तान १९ ओभर पाँच बलमा ९९ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा कप्तान बाबर अजामले सर्वाधिक ४१ रन बनाए भने डानिस अजिजले २२ तथा मोहम्मद रिजवानले १३ रन बनाए ।

बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए । पाकिस्तानलाई सस्तैमा समेट्नका लागि लुकी जोङ्वीले चार तथा रायन बुर्लले दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey