एनएसएलमा सहभागि सबै टिमको एउटै गुनासो तयारीको समय निकै कम भयो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 408 पटक हेरिएको

नेपाल सुपर लिगको पहिलो संस्करण भोलीबाट सुरु हुँदैछ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा भोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी विच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको अघिल्लो दिन आयोजना भएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन ।

धनगढी टिम

टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए । यसका साथै उनले आर्मीले एएफसी कप खेल्न गएकाले सबै टिम केहि ढिलो गरि एकजुट भएको बताए ।

यसका साथै उनले सबै खेलाडी फिट रहेको र प्रतियोगिताका लागि तयार रहेको बताए ।

उनले यो प्रतियोगितामा आफुहरु इतिहास बनाउने लक्ष्यमा रहेको धारणा राखे । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भएपनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेको खेल्ने बताए ।

उनले यो पटक धनगढी टिमले उपाधिका लागि नै खेल्ने धारणा राखे । तीन जना विदेशी खेलाडीमा ओलाओलमा धनगढीको बढि भर रहेको छ । सबै क्षेत्रमा राम्रा खेलाडी रहेको उनले बताए ।

विराटनगर सिटी एफसी

विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताए । साथै उनले सबै खेलाडीको मेहेनतबाट खुसी रहेको बताए ।

यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफुहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताए ।

बुटवल लुम्बिनी एफसी

बुटवल लुम्बिनकिा प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडीपनि राम्रो रहेका धारणा राखे । यो प्रतियोगितामा आफ्नो टिमले नयाँ इतिहास बनाउने दावी प्रशिक्षकले गरे ।

यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको भएपनि अझै फुल टिमले एक साथ प्रशिक्षण गर्न नपाएको धारणा राखे । उनले पुरा स्क्वाडले तीन चार दिन देखि एकसाथ प्रशिक्षण गर्न नपाएको र टिममा ठुलो चोट नभएको बताए ।

एफसी चितवन

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफुहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफुहरुपनि भएको दावी गरे । उनले टिममा विदेशी खेलाडीपनि राम्रो आएकाले अझ बलियो भएको बताए ।

यस्तै कप्तान भरत खवासले एएफसी कपको छनौट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राखे ।

काठमाडौं रेजर्स

काठमाडौं रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताएका छन । उनले यो प्रतियोगितामा काठमाडौं रेजर्सले उत्कृष्ट खेल खेल्ने बताए ।

उनले लक्ष्य काठमाडौं रेजर्सको उपाधि नै रहेको र त्यसमा विदेशी खेलाडीको पनि राम्रो रोल हुने बताए । यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राखे ।

ललितपुर सिटी एफसी

ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताए । यसका साथै उनले खेलाडीलाई केहि चोटको समस्या रहेको बताए ।

नेपाली फुटबलमा लामो समयपछि प्रशिक्षकको भूमीकामा फर्किएको र सबैको सहयोगल फेरी यो जिम्मा पाएको बताए । यसलाई आफ्नो लागि र टिमका लािग पनि निकै महत्वपुर्ण रहेको धारणा राखे ।

यस्तै कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको बताए । साथै उनले टिमको कम्बिनेसन राम्रो हुँदै गएको धारणा राखे । उनले छोटो समयमापनि राम्रो ब्यवस्थापन गरेको बताए ।

पोखरा थन्डर्स

पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताए । साथै उनले समय कम हुँदा सोचेको जस्तो प्रशिक्षण हुन पाएन तर पनि खुसी नै भएको बताए । एनएसएलले फुटबलको माहोललाई राम्रो गर्ने धारणा राखे ।

यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको र एक दुई महिनाको समय भएको भए अझ राम्रो हुने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey