Prabhu Bank

न्यू डायमण्ड फाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 0 पटक हेरिएको

उपाधिको प्रबल दावेदार न्यू डायमण्ड स्पोर्टस क्लव महिला राष्ट्रिय भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

भोटेकोशी गाउँपालिका अध्यक्ष कपमा विभागिए टिम नेपाल पुलिसलाई हराउँदै न्यू डायमण्डले फाइनलमा स्थान बनायो ।

न्यू डायमण्डले पुलिसलाई तीन एकको सेटमा पराजित गर्यो ।

जसमा न्यू डायमण्डले पुलिसमाथि २५–१०, १९–२५, २५–१५ र २५–१९ को सेटमा हरायो ।

अब न्यू डायमण्डले उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मीको विजेतासँग खेल्नेछ ।