धनगढी एफसीको सह-प्रायोजकमा सगरमाथा सिमेन्ट र एस-आयल सेभेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 452 पटक हेरिएको

नेप्लेज,धनगढी एफसीले सह–प्रायोजकका रुपमा सगरमाथा सिमेन्ट र एस–आयल सेभेनसँग सम्झौता गरेको छ । नेपाली बजारमा स्थापित दुवै ब्रान्डले धनगढी एफसीको परिवारसँग जोड्न पाउँदा निकै हर्षित भएको बताएको छ ।

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा धनगढी एफसीले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सगरमाथा सिमेन्ट र एस–आयल सेभनसँग हामीले सह–प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो ।

सम्झौता पत्रमा धनगढी एफसीका अध्यक्ष सुवास शाही तथा सगरमाथा सिमेन्टको उत्पादक कम्पनी घोराही सिमेन्ट इन्डिष्ट्रिजका मार्केटिङ प्रमुख प्रतिक अधिकारी तथा एस–आयल नेपालको आधिकारिक विक्रेता त्रिशुल अटोमोबाइल्सका अध्यक्ष दीलिप भट्टराईले हस्ताक्षर गरे भने दुवै कम्पनीका लागि एकवर्षका लागि सम्झौता भएको पनि जानकारी दिइएको छ ।

सगरमाथा सिमेन्टसँग विगत झण्डै एकदशक सम्बन्ध रहि आएको र धनगढीमा स्थानीयस्तरको देखि पहिलोपल्ट व्यवसायिक क्रिकेट आयोजना गर्दासम्म सगरमाथा सिमेन्टले साथ दिँदै आएकाले यसपटक फुटबलमा सगरमाथाले लगानी गर्न देखाएको इच्छालाई आफुहरुले स्वागत गरेको धनगढी एफसीले बताएको छ ।

विश्वका विभिन्न खेल गतिविधिमा जोडिएको आएकएस–आयल सेभेन लुब्रिकेन्ट परिवारलाई पहिलोपल्ट धनगढी एफसीमार्फत नेपाली खेलकुदमा भित्र्याउन पाउँदा हर्षित भएको धनगढीले बताएको छ ।

धनगढीका आइकोनिक खेलाडीमा राष्ट्रिय टोलीका कप्तान किरण चेन्जोङ छन् भने मार्की खेलाडीमा विशाल राई छन् । त्यसबाहेक धनगढीले अफ्रिकी मूलका दुई र स्थानीय दुई खेलाडी पनि अनुबन्ध गरिसकेको छछ । शनिबारबाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार पहिलो खेल खेल्दै एनएसएलको यात्रा थाल्नेछ ।

मार्केटिङ प्रमुख, यस्तै सगरमाथा सिमेन्टका मार्केटिङ प्रमुख प्रतिक अधिकारीले नेपाली खेलकुदसँग जोडिन पाउँदा खुसी लागेको बताएका छन् ।

‘हामी लामो समयदेखि धनगढीको खेलकुदसँग जोडिएका छौं । खेलकुदको विकासमा योगदान गर्ने उदेश्य अनुरुप हामीले धनगढी एफसीसँग सह–प्रायोजन गरेका हौं । धनगढी एफसीसँग जोडिन पाउँदा निकै खुशी छौं । सगरमाथा सिमेन्ट नेपाली खेलकुदको पर्यायवाची नाम जस्तै बनिसकेको छ । आउने दिनमा पनि धनगढीसँगको सहकार्यलाई हामीले निरन्तरता दिनेछौं ।’

त्रिशुल अटोमोबाइल्स(एस–आयल सेभेन) का अध्यक्ष दीलिप भट्टराईले आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने बताए ।

‘विगतदेखि नै एस–आयल सेभनले खेलकुदमा लगानी गर्दै आएको छ । यसअघि विश्वका विभिन्न खेलकुदमा लगानी गर्दै आएको कम्पनीले यसपटक नेपाली खेलकुदमा पनि लगानी गर्ने सोचका साथ हामी धनगढी एफसीसँग जोडिएका छौं । धनगढी एफसीसँग जोडिन पाउँदा हामी उत्साहित छौं । हाम्रो सहकार्य अन्य वर्षमा पनि निरन्तरता दिनेछौं ।’

यस्तै गो ड्रिमर्स प्रा.लि(धनगढी एफसी)का अध्यक्ष सुवास शाहीले यस सम्झौताले धनगढीको मात्र नभएर नेपाली फुटबलकै विकासमा योगदान पुग्ने बताए ।

‘धनगढी एफसीसँग नेपालकै विश्वसनीय दुई ब्रान्डलाई जोड्न पाउँदा हामी एकदमै हर्षित छौं । दुवै ब्रान्डको आगमनले हाम्रो उत्साह अझै बढेको छ । सगरमाथा सिमेन्ट र एस–आयलले हामीप्रति देखाएको विश्वासप्रति आभारी छौं । यो सम्झौताले धनगढी फुटबलको मात्रै नभएर समग्र नेपाली फुटबलको विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । यसवर्ष सुरुवात भएपनि आगामी वर्ष हामीबीचको सहकार्यले निरन्तरता पाउने विश्वास लिएका छौं ।’

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal