अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे सेमिफाइनलको समिकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 398 पटक हेरिएको

भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ ।

न्यु डायमन्ड स्पोर्ट्स क्लब र एपिएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा पुलिस र आर्मी उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन् । शुक्रवार हुने सेमिफाइनल खेलमा न्यु डायमन्डको सामना पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर्ने छ ।

बिहिवारको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई ३–० को सोझो सेटमा हराउदै समूह ए बाट उपविजेताको रुपमा सेमिपफाईनलमा स्थान बनाएको थियो । आर्मीले सहज जित निकाल्ने क्रममा ढोरपाटनलाई २५–१०,२५–८ र २५–१२ ले स्तब्ध बनाएको थियो ।आर्मीको जितमा उच्च प्रदर्शन गरेकी सुनिता खड्का प्लेयर अफ दि म्याचको उपाधि जितिन । उनले नगद २ हजार र आकर्षक ट्रफी हात पारिन् ।

दोश्रो प्रतिस्पधात्कम खेलमा एपीएफले पुलिसलाई २२–२५,२५–२१,२५–२१ र २५–१५ को सेटमा हराउदै समूह विजेताको रुपमा सेमिफाईन स्थान बनाउदा पुलिस पनि उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । एपिएफको जितमा उच्च प्रदर्शन गरेकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।

लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले आफना युवा खेलाडीलाई अवसर दिएको थियो । प्रशिक्षक कुमार राईले दोश्रो रोजाईका पाँच जना खेलाडी ढोरपाटन विरुद्ध उतारेका थिए । युवा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे पछि डायमन्डले ढोरपटनमाथी २५–१२,२५–१२ र २५–१२ को सहज जित निकाल्यो । ढोरपाटनविरुद्ध डायमन्डकी पनामिका राई प्लेयर अफ दि म्याच चुनिइन् । उनले नगद २ हजार हात पारिन् ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey