धनगढी एफसीकाे मुख्य प्रायाेजक किया, कप्तानी किरणले गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 435 पटक हेरिएको

आसन्न नेपाल सुपर लिगमा धनगढी टिमको कप्तानी राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले गर्ने भएका छन ।

विशाल राई मार्की खेलाडी रहेको धनगढीमा किरण आइकोनिक खेलाडीका रुपमा अनुबन्ध भएका थिए । उनी कति रकममा अनुबन्ध भएको भन्ने खुलाइएको थिएन ।

एनएसएलको तयारीमा रहेको धनगढी टिमले किरणलाई कप्तानको जिम्मा दिने भएको छ । टिमको सल्लाह र अनुभवका साथै सिनियर खेलाडीका रुपमा किरणले कप्तानी गर्ने भएका हुन ।

एनएसएलमा धनगढी टिमको खेल आइतबार रहेको छ । यस्तै प्रतियोगितामा पोखरा थन्डर्सको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङले गर्ने भएका छन । नवयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखराले पनि अनिललाई कप्तान दिने बुझिएको छ । उसले एनएसएलका लागि पोखरामा नै तयारी गरेको थियो । विहिबार मात्र टिम प्रतियोगिताका लागि काठमाडौं आएको हो ।

यता धनगढी टिमले एनएसएलका लागि मुख्य प्रायोजक पाएको छ । धनगढी टिमले किया मोटर्ससँग मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । यस्तै सहप्रायोजकमा सगरमाथा सिमेन्ट पनि आबद्द भएको छ ।

मुख्य प्रायोजक र धनगढी टिमका मालिकविच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey