सन्दीप, कमल र सोमपाल चम्कदा मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 574 पटक हेरिएको

राजधानीमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

यो सँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । चार मध्य तीन खेलमा जित हात पारेको नेपालले ६ अंक जोड्दा ५ अंक बनाएको नेदरल्याण्ड्स दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल शनिबार हुने छ ।

विहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा सवै विकेट गुमाउँदै१४८ रन बनायो ।

मलेसियाको पारिको शुरुवात भने सयद अजिज र अनवर अरुद्धिनले गरेका थिए । तर लामो शुरुवात भने गर्न सकेनन् । मलेसियाले चार रन बनाएका बेला सयद अजिज चार नै जोडेर आउट भएका थिए ।

त्यसपछि अर्का ओपनर अनवर अरुद्धिन पनि धेरै बेर टिक्न सकेनन् । उनी ६ रन बनाएर पभेलियन फर्किएका थिए ।

कप्तान अहमद फइज र विरेनदीप सिंहले मलेसियाको पारि अघि बढाएका थिए । ५८ को स्कोर पुगेका बेला कप्तान फइज ३१ रन बनाएर पभेलियन फर्किएका थिए । उनले २१ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

चौथो विकेटको रुपमा सरभिन मुनिडे व्यक्तिगत तीन रन बनाएर आउट हुँदा मलेसियाले ६४ रन बनाएको थियो । ६५ रन भएका बेला विरेनदीप सिंह १३ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । अमुनिद्धिन राम्ले र अनिओल हाफिजले मलेसियाको स्कोर १०० माथि कटाएका थिए ।
११५ रन भएका बेला छैटौं विकेटको रुपमा राम्ले ४१ रन बनाएर आउट भए ।

उनले नेपाली बलरविरुद्ध आक्रामक ब्याटिङ गरेका थिए । १८ बल फेस गरेका राम्लेले पाँच छक्का र एक चौका प्रहार गरे । १४ रन जोडेको फित्रि साम सातौं विकेटको रुपमा आउट भएका थिए । आठौं विकेटको रुपमा अनिओल हाफिज पभेलियन फर्किए । उनी ११ रनमा आउट भएका हुन् ।

नवौं विकेटको रुपमा टिमको स्कोर १४२ रन भएका बेला देवेन्द्रन मोगन २ रन बनाएर आउट हुन पुगेका थिए । मोहम्मद वाफिक र अनवर रहमानले दशौं विकेटको रुपमा ६ रनको साझेदारी गरेका थिए । अन्तिम विकेटको रुपमा वाफिक १२ रनमा आउट भएका थिए ।

एक सयौं टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सन्दीपले तीन विकेट लिए । उनले ४२ रन खर्चिएका थिए । २०१८ मा आईपीएल क्रिकेटबाट टी २० मा डेब्यु गरेका सन्दीपले नेपालका भन्दा पनि फ्रेन्चाइज टी २० क्रिकेट बढी खेलेका छन् ।

यसैगरी सोमपाल कामीले ३ विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिंदा एक ओभर मेडन राखेका थिए । आजै टी २० क्रिकेटमा डेब्यु गरेका कमलसिंह ऐरीले पनि ३ विकेट लिए । उनले १६ रन खर्चिएर ३ विकेट हात पारेका हुन् ।

No description available.

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर नेपालले २१७ रन बनायो । नेपाली टिमका लागि कुशल भुर्तेल र आशिफ शेखले नै ओपनिङ गरेका थिए ।

यी दुई खेलाडीले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । टिमको स्कोर ३३ रन भएका बेला कुशल १६ रन बनाएर पभेलियन फर्किए । भुर्तेलले १२ बल फेस गर्दा दुई छक्का प्रहार गरे ।

पहिलो, दोस्रो र तेस्रो खेलमा लगातार अर्धशतक बनाउँदै विश्व कीर्तिमान कायम गरेका भुर्तेल चौथो खेलमा भने मोहम्मद वफिकको बलिङमा सयद अजिजको हातबाट क्याच आउट हुन पुगेका थिए ।

त्यसपछि आशिफसँग मिलेर कप्तान ज्ञानेन्द्र मल्लले नेपालको पारि अघि बढाएका थिए । मल्ले पनि आक्रामक शट प्रहार गरेका थिए । नेपालको स्कोर १०६ रन हुँदा कप्तान मल्ल आउट हुन पुगेका थिए । आफ्नो इनिङ्समा मल्लले २५ बलमा चार छक्का तथा एक चौकाको सहायताले ४१ रनको पारि खेले ।

No description available.

टिमको स्कोर १११ रन हुँदा नेपालले तेस्रो विकेट खेर फालेको थियो । ओपनर आशिफ शेख ४२ रन बनाएर आउट भएका थिए । आशिफले ३२ बल खेल्दा तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

चौथो विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पभेलियन फर्र्किएका थिए । भण्डारी आठ बलमा आठ रन बनाएर आउटहुँदा नेपालको स्कोर १५.२ ओभरमा ४ विकेटको नोक्सानीमा १४८ रन भएको थियो ।

त्यसलगत्तै उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि पभेलियन फर्किएका थिए । ऐरीले १७ बलमा ३३ रनको योगदान गरे । उनीले एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

कुशल मल्ल र करण केसीले नेपालको पारि अघि बढाएका थिए । करणले आक्रामक पारि खेल्दै १३ बलमा ४५ रनको योगदान गरे । उनले ७ छक्का प्रहार गरेका थिए । करण आउट हुँदा नेपालको स्कोर ६ विकेट गुमाएर २१४ रन भएको थियो ।

अन्तिम ओभरको अन्तिम बलमा सोमपाल कामी एलबीडव्ल्यू आउट भएका थिए । उनले २ रन बनाए । अन्तिमसम्म नटआउट रहेका कुशल मल्ल १९ रनमा पभेलियन फर्किएका थिए । मल्लले १० बल खेल्दा दुई छक्का प्रहार गरे । मलेसियाका फित्रि साम र अनवर रहेमानले समान दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal