Mega Bank

दिपेन्द्र, कुशल र आशिफले पाए प्रायोजक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 336 पटक हेरिएको

नेपाली क्रिकेट टिमका तीन खेलाडीलाई राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक रहेको माइ सेकेण्ड टिचरले प्रायोजन गरेको छ । जसमा उपकप्तान दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आशिफ शेख रहेका छन ।

जारी प्रतियोगिता तीन खेलाडीलाई माइ सेकेण्ड टिचरले प्रायोजन गरेको हो । अब उनीहरुले सो कम्पनी र आइएनजीको लोगो आफ्नो ब्याटमा राख्नेछन ।

तीनै खेलाडीलाई माई सेकेण्ड टिचरले एक बर्षका लागि सम्झौता गरेको बताइएको छ । कम्पनीले खेलाडीसँगको सम्झौता रकम भने खुलाएको छैन ।

माई सेकेण्ड टिचर राष्ट्रिय टिमको जर्सीको पनि मुख्य प्रायोजक रहेको छ । यसका साथै जर्सीमा आइएनजी ग्रुपको लोगो पनि राखिएको छ ।
खेलाडीले एक बर्षसम्म कुनैपनि प्रतियोगिता खेल्दा माई सेकेण्ड टिचरको लागो ब्याटमा लगाउने भएका छन ।

भर्खरै

Advertisement