Prabhu Bank

नाडाल बार्सिलाेना ओपनकाे तेस्राे चरणमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७८-०१-०९
  • |
  • 6 पटक हेरिएको

स्पेनीस खेलाडी रफायल नाडाल बार्सिलोना ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन ।

अघिल्लाे साता मोन्टे कार्लो मास्टर्स ओपनको क्वाटरफाइनलबाट बाहिरीएका नाडालले बार्सिलोना ओपनको दोस्रो चरणमा इलेया इभास्कालाई तीन सेटमा हराए ।

११ पटकका च्याम्पियन नाडालले छनौट भएर आएका खेलाडी इभास्काको एक सेटको अग्रता उल्ट्याएका हुन । पहिलो सेट १११ औं बरियताका इभास्काले छ तीनले जितेका थिए ।

तर त्यसपछि नाडालले कमब्याक गर्दै दोस्रो सेट छ दुईले जिते भने तेस्रो सेट छ चारले आफ्नो पक्षमा पारे ।

अर्को खेलमा बेलायती नम्वर एक खेलाडी डान इभान्स दोस्रो चरणबाट नै बाहिरीए । उनी फ्रान्सका कोरेन्टिन माउटेटसँग छ चार, पाँच सात र छ तीनको सेटमा पराजित भए ।

भर्खरै

Advertisement