यू-१३ खेलाडी छनौटः पहिलो चरणमा ७१ जना छानिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 525 पटक हेरिएको

अखिल नेपाल फुटबल संघले यू-१३ खेलाडी छनौटमा पहिलो चरणमा ७१ जनालाई छानेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी किशोर खेलाडी छनौटमा १३ बर्ष मुनिका कुल एक सय ६६ बाट पहिलो चरणमा ७१ जना छानिएको जनाएको छ ।

तीन दिनसम्म चल्ने छनौटमा अन्तिममा ४२ खेलाडीलाई एन्फाले छान्नेछ । जिल्ला प्रदेश हुँदै केन्द्रिय छनौटमा कुल एक सय ६६ जना सहभागि भएका थिए । छनौट भएका खेलाडीलाई एन्फाले तीन वटा विभागिए क्लवको एकेडेमीमा विभाजन गर्नेछ ।

एन्फाले पुलिस, एपीएफ र आर्मीको एकेडेमीमा पठाउने छ । एन्फाले तीनै विभागिए टिमसँग खेलाडी पठाउने यसअघि नै सम्झौता गरेको थियो ।

त्यसमा सात जना पुर्ण छात्रबृत्ति, सात जनालाई ५० प्रतिशत र सात जना विभागकै युवा खेलाडी एकेडेमीमा राखिने छ ।

छनाेट भएका खेलाडीकाे लिस्ट हेराैं

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal