Mega Bank

आइपीएलमा हैदरावादको पहिलो जित, पञ्जाव नौ विकेटले पराजित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 187 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा पञ्जाव किंग्सलाई नौं विकेटले हरायो । जारी प्रतियोगितामा पञ्जावको यो तेस्रो हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाव १९ ओभर चार बलमा एक सय २० रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको पञ्जावले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसले ४७ रन बनाउदा चार विकेट खेर फालेको थियो ।

उसका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन । जसका कारण उसले अन्तिममा एक सय २० रनमा समेटिन पर्यो । उसका ओपनर लोकेश राहुल चार रनमा आउट भए भने मायांक अग्रवालले २२ रन बनाए ।

यस्तै क्रिस गेलपनि १५ रनमा पेभेलियन फर्किदा निकोलस पुरनले खाता खोल्न सकेनन् । यस्तै दिपक हुडाले पनि १३ रन बनाए भने मोइसेस हेनरिक्सले १४ तथा शाहरुख खानले २२ रन थपे । तर अरु खेलाडी एकोहोरो रनमा आउट भए ।

पञ्जावविरुद्ध हैदरावादका खलिल अहमदले तीन तथा अभिशेख शर्माले दुई विकेट लिए ।

जवाफमा हैदरावादले १८ ओभर चार बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । उसका ओपनर डेविड वार्नर ३७ रनमा आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि जोनी ब्रेस्टो र केन विलियम्सले हैदरावादलाई जित दिलाए । जसमा ब्रेस्टोले ६३ रन बनाए भने विलियम्सनले १६ रनको योगदान गरे । प्रतियोगितामा हैदरावादले अंक तालिकामा खाता खोलेको छ ।

भर्खरै

Advertisement