टी-१० क्रिकेटमा होराइजन र तिलोत्तमा क्रिकेट क्लब बिजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 375 पटक हेरिएको

रुपन्देहीमा आजदेखि शुरु भएको टी–१० क्रिकेट प्रतियोगितामा होराइजन क्रिकेट क्लव र तिलोत्तमा क्रिकेट क्लब बिजयी भएका छन् ।

समूह बी अन्तरगत भएको पहिलो खेलमा यूसिएम्एस् क्लबलाई होराइजनले ५३ रनले पराजित ग¥यो । टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले दुई विकेटको क्षतीमा एक सय १५ रन बनायो । मनिष थापाले ३८, विपिन खत्रीले २७, प्रकाश गिरिले १८ र बिशाल खत्रीले १७ रन जोडे ।

सानु यादवले किफायती बलिङ गर्दै यूसिएम्एस्लाई दुई विकेट दिलाइ पनि अन्य बलरले रन रोक्न सकेनन् । एक सय १६ को बिशाल लक्ष्य पछ्याएको यूसिएम्एस् आठ विकेटको क्षतीमा ६२ रनमा सिमित बन्यो । नबिन पाटिलले २० तथा कम्लेश यादवले १८ रन जोड्दा अन्य खेलाडि सस्तैमा प्याभेलियन फर्किए । होराइजनका गोबिन्द केसीले तीन विकेट लिए ।

समूह ए अन्तरगतको अर्को खेलमा निच्लौल क्रिकेट क्लबलाई तिलोत्तमाले ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ६ विकेटको क्षतीमा ९७ रन बनायो । उसका लागि सन्दिप क्षत्रीले ३३, यम क्षत्रीले २५ र मनोज सुनारले १४ रन बनाए ।

निच्लौलका शक्तिले दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको निच्लौल आठ विकेटको क्षत्रीमा ५८ रनमै रोकियो । अभिषेकले सर्वाधिक १८ रन बनाए । तिलोत्तमाका विष्णु कटरिया र कृष्ण पराजुलीले दुई÷दुई विकेट लिए । म्यान अफ दी म्याच यम क्षत्री भए ।

भोली गोर्खा वारियर्स र बुद्ध क्रिकेट क्लव तथा दोस्रो खेल प्राफेस्नल मास्टर र गोरखपुर क्रिकेट क्लब बीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal