नेपाल एक खेल अगाडी नै फाइनलमा, उपाधिका लागि नेदरल्याण्ड्सँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 419 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा नेपाल एक खेल अगाडी नै फाइनलमा पुगेको छ । उसले उपाधिका लागि नेदरल्याण्ड्ससँग नै खेल्नेछ । मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएपछि दुबैले एक एक अंक बाढे । जसका कारण नेदरल्याण्ड्सले फाइनलमा स्थान बनायो भने नेपालले लिगको अन्तिम खेल खेल्न अगाडी नै फाइनलमा प्रवेश गर्यो ।

बर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले सात विकेट गुमाउदै एक सय सात रन बनायो । तर डक वर्थ एण्ड लुइसको नियमका आधारमा मलेसियाले एक सय २० रनको लक्ष्य पायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । जसका कारण त्यसपछि सुरुहुँदा खेल १३ ओभरमा झारिएको हो ।

खेलको सुरुवातमा मलेसियाले नेदरल्याण्ड्सलाई निकै दबावमा राखेको थियो । उसले डच टिमको स्कोर २२ रन हुँदा तीन विकेट लिएको थियो । तर त्यसपछि पिटर सेलार र बेन कुपरविच ६६ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।

नेदरल्याण्ड्सका लागि कुपरले ५४ रन बनाए भने सेलारले ३७ र एन्टोनियुस स्टालले १० रनको योगदान गरे ।

जवाफमा मलेसियाले १० ओभर चार विकेट गुमाउँदा समान स्कोर बनाएपछि खेल टाइ भएको थियो ।

पारीको सुरुवातमा बलियो देखिएको उसले विचमा लगातार विकेट गुमाउँदा हार्न पुग्यो । पहिलो विकेटका लागि मलेसियाका अनवर अरुदिन र सेइद अजिजले ५६ रनको साझेदारी गरेका थिए । तर मलेसियाको स्कोर ६ ओभरमा ५६ रनको अवस्थामा भारी बर्षा भएपछि खेल दोस्रो पटक रोकिएको थियो । जसमा फेरी डकवर्थको नियम अनुसार मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पायो ।

उसका अनवर अरुदिन २३ रनमा आउट भएपछि मलेसियाले पहिलो विकेट गुमायो । त्यसपछि अजिज ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किदा मलेसियाको स्कोर ६६ रनमा दुई विकेटको अवस्थामा थियो ।

उसका विरन्दिप सिंहपनि १४ रनमा आउट हुँदा मलेसियाले ७६ रनमा तेस्रो विकेट गुमायो । अन्तिम ओभरमा मलेसियालाई जितका लागि ६ रन चाहिएको थियो । तर उसले पाँच रन बनाएपनि खेल टाइ भएको थियो ।

तर त्यसपछि सुपर ओभरमा जाने कट अफ समय नभएपछि दुबै टिमले एक एक अंक बाँढे । मलेसियालाई हराउनका लागि सवास्चियन ब्रातले उत्कृष्ट बलिङ गर्दै टिमलाई जितको बाटो देखाए । उनले दुई ओभरमा १४ रन खर्चिएर दुई विकेट लिए ।

यो बराबरीपछि नेदरल्याण्ड्सले चार खेलमा पाँच अंक बनाएको छ । मलेसियाको एक अंक भएको छ । नेपालले लिग चरणको अन्तिम खेलमा नेपालले विहिबार मलेसियासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey