कुशल पहिलो पटक टी–२० को बरियतामा समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 643 पटक हेरिएको

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट लयमा देखिएका कुशल भुर्तेल विश्व टी २० बरियतामा पहिलो पटक समावेश भएका छन ।

लगातार तीन खेलमा तीन अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसीसीले जारी गरेको टी २० को नयाँ बरियतामा शिर्ष १०० मा पर्न सफल भएका छन । कुशल नयाँ बरियतामा ९३ औं स्थानमा रहन सफल भएका छन । उनको रेटिङ तीन सय ५९ रहेको छ ।

यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन । जसमा तीन अर्धशतक रहेका छन ।

नयाँ बरियतामा पारस ८३ औं स्थानमा पुगेका छन । उनी एकैपटक १० स्थान तल झरेका छन । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारणपनि उनको बरियता खस्किएको हो ।

बलिङमा सन्दिप लामिछाने ७७ औं स्थानमा उक्लिएका छन । उनले बरियतामा सात स्थान सुधार गरेका छन । टी २० सिरिजमा सन्दिपले तीन खेलमा आठ विकेट लिएका छन । जसमा उनले नेदरल्याण्ड्सविरुद्धको चार विकेट लिएका थिए ।

नेपालका लागि टी २० मा सर्वाधिक विकेट लिने खेलाडीको शिर्ष स्थानमा सन्दिप रहेका छन । उनले कुल ४२ विकेट लिएका छन । नेदरल्याण्ड्ससँगको खेलपछि करण केसीलाई उछिन्दै उनी शिर्ष स्थानमा उक्लिएका हुन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey