बायो बबलले वाक्स भएका राजस्थानका लायमले आइपीएलका बाँकी खेल नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 496 पटक हेरिएको

इन्डियन प्रिमियर लिग टिम राजस्थान रोयल्र्सका लायम लिभिङस्टोनले पनि आइपीएलका बाँकी खेलहरु नखेल्ने भएका छन । उनले बायो बबलका कारण थकान भएको र सिजनका बाँकी खेल नखेल्ने बताएको दैनिक भास्करले बताएको छ ।

राजस्थान टिमले खेलेका तीन खेलमा रिजर्भ खेलाडीका रुपमा रहेका उनले सुरुवाती ११ मा पर्न सकेका थिएनन् । उनले पनि आइपीएलबाट बाहिरीने निर्णय गरेसँगै टिममा दबाव बढेको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले यो सिजनको सुरुवात राम्रो गर्न सकेको छैन । यसअघि उसका मुख्य अलराउण्डर बेन स्टोक्सपनि चोटका कारण टिम बाहिर भएका छन ।

उनको औंलामा चोट लाग्दा स्वदेश फर्किएका छन भने सोमबार उनको औंलाको सल्यक्रिया भएको छ ।

फिल्डिङका क्रममा स्टोक्सले औंलामा चोट बोकेका थिए । जसका कारण उनले सो खेलमा एक ओभरमात्र बलिङ गर्न पाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey