रोहितलाई १९ लाख रुपैयाँ जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 348 पटक हेरिएको

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मालाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लागेको छ । दिल्ली विरुद्धको खेलमा स्लो ओभर रेटका कारण उनलाई सो जरिवाना लगाइएको हो ।

जारी सिजनमा यसअघि चेन्नेईका कप्तान महेन्द्रसिंह धोनीले पनि यस्तै कारवाही भोगेका थिए । आइपीएलको नियम अनुसार स्लो ओभर रेट मा परेमा १२ लाख भारतीय रुपैयाँ अर्थात १९ लाख नेपाली रुपैयाँ जरिवाना लाग्ने बताइएको छ ।

यदि एउटै कप्तानले दोस्रो पटक यो नियम उलंघन गरेमा २४ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ यदि तेस्रो पटक यो कारवाहीमा परेमा जरिवाना ३० लाख भारतीय रुपैयाँ लाग्नेछ ।

नियम अुनसार एक घण्टामा एक टिमले १४ ओभर एक बल गरेको हुनुपर्नेछ । तर त्यसमा टाइमआउटको समय भने जोडिदैन । खेलको एक पारी सकिन ९० मिनेटको समय छुट्याइएको हुन्छ ।

यस्तोमा कुनैपनि टिम समय भन्दा पछाडी परेको खण्डमा त्यसको कारवाही कप्तानलाई लाग्ने गर्छ । त्यो बाहेक सुरुवाती ११ मा परेका अरु खेलाडीको म्याच फी २५ प्रतिशतले कटौती हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey