ओलम्पिकमा क्रिकेटको चर्चाः टी १० फरम्याट उचित हुने विश्लेषकको भनाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 506 पटक हेरिएको

विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा क्रिकेटलाई फेरी समावेश गर्ने योजना नजिकिदैछ । तर यसका लागि चाँडोमा सन् २०२८ को लस एञ्जलस ओलम्पिक वा ढिलोमा सन् २०३२ को ओलम्पिकलाई लक्ष्य लिइएको छ । ९० को दशकपछि ओलम्पिकमा क्रिकेट समावेश गरिएको छैन । तर पछिल्लो पटक विभिन्न क्रिकेट संघहरुले ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गर्नुपर्ने बताइरहेका छन । यस्तैमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२३ पछिकोका आफ्नो क्यालेन्डर बनाउँदै छ ।

यसमा भारतीय क्रिकेट बोर्ड र इंग्ल्याण्ड क्रिकेट बोर्डले आइसीसीलाई ओलम्पिकमा यो खेल राख्नका लागि दबावपनि दिइरहेका छन । सन् २०३१ सम्मको क्यालेन्डर आइसीसीले सार्वजनिक गर्ने तालिका रहेको छ । बिसीसीआईले कमनवेल्थ गेम्समा आफ्नो महिला टिमलाई सहभागि गराउने बताइसकेको छ ।

तर ओलम्पिकमा यदि क्रिकेट फर्कियो भने कुन फरम्याटको खेललाई समावेश गर्ने भन्ने अहिले चर्चा भइरहेको छ । क्रिकेटका विषयमा ओलम्पिकको फरम्याट फाइनल भइसकेको छैन । यसका लागि केहि सातामा बैठक बस्ने बताइएको छ । तर पछिल्लो पटक टी १० क्रिकेटलाई ओलम्पिकमा राख्ने की भन्ने चर्चा पनि सुरु भएको छ । ओलम्पिकमा कुनैपनि खेलको समयाअवधी १० दिनको हुने गर्छ । त्यो १० दिनमा ओलम्पिकमा राखिएका हरेक खेल सक्नुपर्ने हुन्छ । जसमा कुनै चाँडो सुरु हुन्छन भने कुनै ढिलो । करिव एक महिनाको अवधिमा एक खेल सकिन १० दिन लाग्ने गरेको छ ।

यो अवस्थालाई हेरेर टी १० ओलम्पिकका लागि उचित फरम्याट हुने क्रिकेट पण्डितको भनाई छ । टी १० क्रिकेटमा एक खेल सकिन करिव ९० मिनेट लाग्छ ।

तर अन्तराष्ट्रिय ओलम्पिक कमिटीले कुनैपनि ओलम्पिकमा सहभागि हुने खेलको अन्तराष्ट्रिय प्रतियोगिता हुन आवश्यक रहेको मापदण्ड छ । तर टी १० क्रिकेटमा अहिलेसम्म आइसीसीले नै ग्लोबल प्रतियोगिता हुन सकेको छैन ।

पछिल्लो पटक आबुधावी, कतारमा टी १० क्रिकेट हुने गरेका छन । तर त्यो एउटा फ्रेन्चाइजी लिग रहेको छ । तर देशहरुविचमा नै टी १० क्रिकेट हुन सकेको छैन । त्यसैले आइसीसीले आफ्नो नयाँ क्यालेन्डरमा टी १० क्रिकेटको ग्लोबल इभेन्टपनि राख्नसक्ने संभावना रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey