आईपीएलमा आज पञ्जाव र हैदरावाद तथा चेन्नाई र कोलकता भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 373 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार पञ्जाव किंग्स र सनाराईजर्स हैदरावाद बीचको खेल दिउँसो पौने चारबजेदेखि शुरुहुने छ । यो खेल चेन्नाईमा हुने छ ।

पञ्जाव अहिलेसम्म तीन मध्य एक खेल जित्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ भने हैदरावादले खेलेका तीन वटै खेलमा पराजयमा भोगेको छ । उ तालिकाको पुछारमा रहेको छ । पञ्जाव केएल राहुलको कप्तानीमा रहेको छ भने हैदरावाद डेविड वार्नरको कप्तानीमा रहेको छ ।

यसैगरी आजै हुने अर्को खेलमा कोलकता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने छ । यो खेल मुम्बईमा राति पौने ८ बजेदेखि शुरुहुने छ । कोलकता इयोन मोर्गन र चेन्नाई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ ।

जारी आईपीएलमा चेन्नाई तेस्रो तथा कोलकता पाचौं स्थानमा रहेको छ । यसअघि मंगलबार भएका खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।

यो सँगै मुम्बईसँग लगातार पाँच खेलमा भोगेको पराजयको बदला पनि लिएको छ । मुम्बईलाई पराजित गरेको दिल्ली आईपीएल तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey