भरतपुर मेयर कप अन्तर स्कुल क्रिकेट स्थगित

0

चितवनमा भइरहेको भरतपुर मेयर कप अन्गर्त अन्तर विध्यालय क्रिकेट प्रतियोगिता अनिश्चित समयका लागि स्थगित भएको छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भइरहेको प्रतियोगिता कोभिडका कारण स्थगित भएको भरतपुर क्रिकेट क्लवले जनाएको छ ।

क्लवले अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको बताएको छ ।

तर वार्ड लिग र अन्तर क्लव क्रिकेटलाई भने जारी राख्ने जनाएको छ । सो प्रतियोगिताहरु भिडभाड भन्दा १० किलोमिटर टाढा भइरहेको क्लवले जनाएको छ ।

Post Add 1025X115
Loading...