गौरीका सिंह फोर्ब्सको उत्कृष्ट ३० जनाको सूचीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 527 पटक हेरिएको

नेपाली महिला पौडीवाज गौरीका सिंह फोब्र्सको खेलकुद र मनोरञ्जन विधाको ३० बर्ष मुनिको उत्कृष्ट ३० जनाको सूचीमा परेकी छिन ।

उनी एशिया क्षेत्रमा यो सूचीमा परेकी हुन । नेपालका लागि ओलम्पिकमा प्रतिनिधित्व गरिसकेकी र दक्षिण एशियाली खेलकुद सागमा चार स्वर्ण विजेता गौरीका सन् २०२१ का लागि यो सूचीमा परेकी हुन ।

रियो ओलम्पिकमा उनी सर्वाधिक कम उमेरमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडी बनेकी थिइन । यसका साथै उनी आसन्न टोकियो ओलम्पिकमा पनि सहभागिता जनाउने तयारीमा छिन ।

उनले खेलबाहेक विभिन्न क्षेत्रमा च्यारिटीपनि गर्दै आएकी छिन । गौरीकाले नौ बर्षको उमेरबाट पौडी सुरु गरेकी थिइन । त्यसमा उनले १२ बर्षको उमेरमा ब्यवसायीक स्पर्धामा उत्रिएकी थिइन । अहिले नेपालकी नम्वर एक महिला पौडीवाज गौरीकामाथि नेपाले धेरै आशा गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey