टी-२० क्रिकेटमा कुशल भर्तेलकाे दुर्लभ कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 671 पटक हेरिएको

नेपाली युवा क्रिकेटर कुशल भुर्तेलले टी २० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन । डेब्यु सिरिजमा नै टी २० अन्तराष्ट्रिय क्रिकेटमा लगातार तीन खेलमा अर्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन ।

त्रिकोणात्मक क्रिकेटमा नेदरल्याण्ड्सविरुद्धको खेलमा डेब्यु गरेका कुशलले सो खेलमा ६२ रन बनाएका थिए । जसमा उनले ४६ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरेका थिए ।

त्यसपछि मलेसियाविरुद्ध उनले अविजित ६१ रन बनाए । जसमा उनले ४१ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा सो रन बनाएका थिए ।

प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्धको लिगको दोस्रो खेलमा पनि कुशलले आफ्नो उत्कृष्ट लयलाई कायमै राखे । जसमा उनले पहिलो विकेटका लागि आशिफ शेखसँग २० रनको साझेदारी गरे भने कप्तान ज्ञानेन्द्र मल्लसँग ४३ रनको साझेदारी गरे ।

उत्कृष्ट लयमा रहेका कुशलले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । यसका साथै उनले करियरको उत्कृष्ट लयमा रहेको पनि देखाए । अन्तिममा उनी  ४६ बलमा ६२ रनमा आउट भए । जसमा उनले ८ चाैका र एक छक्का प्रहार गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey