सुपर लिग फुटबल: लिभरपुलका समर्थकको विरोध, युनाईटेडका खेलाडी रुष्ट

0

युरोपियन सुपर लिगमा संस्थापक क्लवका रुपमा गएको भन्दै लिभरपुलका समर्थकले विरोध गरेका छन ।

आइतबार राति प्रिमियर लिगका ६ ठूला क्लवले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए । जसमा तीन इटालीय र तीन स्पेनीस क्लव थिए ।

तर लिभरपुलका समर्थकले लिभरपुलको घरेलु मैदान बाहिर ब्यानर नै टासेर विरोध गरेका छन । उनले लिभरपुल क्लवलाई रिप पनि लेखेका छन ।

एनफिल्डको बाहिर दुई वटा ब्यानर कालो रंगमा राखिएका छन । आफ्नो क्लवले सुपर लिगमा जाने निर्णय निकै गलत भएको उनीहरुको भनाई छ । यसका साथै उनीहरुले सुपर लिगमा आबद्ध हुने कुराको पनि विरोध गरेका छन ।

केहि समर्थकले अबबाट लिभरपुलको झण्डा र ब्यानर नै त्याग गर्ने बताएका छन । यसका साथै केओपी शब्द नै हटाउने बताएका छन ।

लिभरपुलका समर्थकले विरोध गर्दा म्यानचेस्टर युनाइटेडका खेलाडीले प्रत्यक्ष रुपमा क्लवका डाइरेक्टरलाई भेटेर असन्तुष्टि जनाएका छन । उनीहरुले रिसमा क्लवका डाइरेक्टरसँग भेटेर कुरा राखेको बताइएको छ ।

Post Add 1025X115
Loading...