प्रिमियर लिगका १४ क्लवकाे आपतकालिन बैठक बस्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 492 पटक हेरिएको

प्रिमियर लिगका ६ क्लवले युरोपियन सुपर लिगको संस्थापकमा जाने निर्णय गरेपछि अरु १४ वटा क्लवले मंगलबार आपतकालिन छलफल गर्ने भएका छन ।

युरोपिन सुपर लिगमा प्रिमियर लिगका लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र टोटनहमले संस्थापक क्लवका रुपमा प्रवेश गरेका छन । त्यसको विषयमा बाँकी १४ वटा क्लवले मंगलबार छलफल गर्ने भएका छन ।

सो बैठकमा सबै क्लवका प्रतिनिधीलाई आफ्नो भनाई राख्ने मौका दिइनेछ । ६ क्लवले आफ्नो तरिकाले सुपर लिगमा जाने निर्णय गरेपछि अरु १४ वटा क्लव निकै रुष्ट भएको बताइएको छ ।

मध्यम र कम चर्चामा रहेका क्लवलाई शिर्ष ६ क्लवले सुपर लिगमा जानुले नकारात्मक असर पर्ने धारणा राखेका छन । अब उनीहरुको छलफलपछि कस्तो निर्णय आउने हो, त्यो सबैको प्रतिक्षामा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey