च्याम्पियन्स लिगमा ३६ टिमले प्रतिस्पर्धा गर्ने

0

युरोपियन च्याम्पियन्स लिगमा सन् २०२४ बाट ३६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन । यूरोपियन फुटबल महासंघले अहिले हुँदै आएको समुह चरणलाई प्रतिस्थापन गर्दै लिग चरणका खेलहरु गर्ने भएको छ ।

सन् २०२४ बाट च्याम्पियन्स लिगमा ३६ टिमले प्रतिस्पर्धा गर्ने बताए । यसका साथै सोमबार यूइएफएले च्याम्पियन्स लिगमा केहि परिवर्तन गर्ने भएको छ । च्याम्पियन्स लिगलाई नै प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ युरोपियन सुपर लिगको घोषणा गरिएको छ ।

तर युइएफएले च्याम्पियन्स लिगमा नै परिवर्तन गर्ने भएको छ । यसका साथै नयाँ योजना अनुसार च्याम्पियन्स लिग हाल हुँदै आएको मंगलबार र बुधबारको सट्टा विहिबार हुने भएको छ । यसका साथै प्रतियोगितामा प्लेअफको सट्टा पहिलो चरणको खेल राखिएको छ ।

सुपर लिगको घोषणा भएपछि यूइएफएका अध्यक्ष एलेजान्देर सेफेरिनले सो प्रतियोगिता खेल्न खेलाडीलाई कारवाही गर्ने चेतावनी दिएका थिए । दुईवटा उस्तै किसिमका प्रतियोगिता हुने भएकापछि अहिले युरोपियन फुटबलमा ठूलो चर्चा चलेको छ ।

Post Add 1025X115
Loading...