Mega Bank

एपिएफ क्लब सिमरा गाेल्डकपकाे सेमिफाईनलमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 287 पटक हेरिएको

सशस्त्र प्रहरीको एपिएफ क्लब सिमरा गाेल्डकपकाे सेमिफाईनलमा प्रवेश गरेको छ ।

साेमबार राति भएको क्वाटरफाईनल खेलमा बागमती फुटबल क्लबलाई २–१ ले गोल अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा स्थान बनाउन सफल भयाे ।

एपिएफकाे जितमा प्रदिप लामाले दुई गोल गरे। प्रतियोगितामा बाई पाउदै क्वाटरफाईनल खेल खेलेको एपिएफलाई प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयाे । 

बागमतीका लागी निरज थापाले एक गाेल गरेका थिए । तर साे गाेल उसलाई हारबाट बचाउन पर्याप्त भएन ।

प्रतियोगिता अन्र्तगत मङ्गलबार विजय युथ क्लब हेटौडा र संकटा क्लब खेल हुनेछ ।

भर्खरै

Advertisement