श्रीलंकन पूर्व क्रिकेटर दिहारा ८ बर्षकाे प्रतिबन्धमा
- नेप्लेज
- |
- २०७८-०१-०६
- |
- 308 पटक हेरिएको
श्रीलंकाका पूर्व क्रिकेटर दिलहारा लोकुहेटिगीलाई आइसीसीले आठ बर्ष प्रतिबन्ध गरेको छ । आइसीसीको एन्टी करप्सन कमिटीले दिलहारालाई आठ बर्षसम्म कुनैपनि क्रिकेट गतिविधीमा संलग्न हुन नपाउने गरेर प्रतिबन्ध लगाएको हो ।
उनले आइसीसीको एन्टी करप्सन कोड उलंघन गरेको बताइएको छ । दिलहारालाई सन् २०१९ को अप्रिलमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । त्यसको पाँच महिनापछि इमिरेट्स क्रिकेट बोर्डलेपनि उनलाई कारवाही गरेको थियो ।
सन् २०१७ मा यूएईमा भएको टी १० लिगमा उनले भ्रष्टाचार गरेको आरोप लागेको छ । जसका कारण इमिरेट्स क्रिकेट बोर्डले नै उनलाई कारवाही गरेको थियो ।
यो बर्षको जनवरीमा उनी टी १० लिगमा दोशी रहेको प्रमाणित भएको थियो । उनले खेलमा मिलोमतो हुने गतिविधी गरेको र त्यो बाफत रकम लिएको प्रमाणित भएको हो ।
कतारी कम्पनी अल्जजिराले श्रीलंकन क्रिकेटमा कस्तो भ्रष्टाचार छ भनेर बनाएको बृतचित्रमा पनि उनको नाम जोडिएको थियो । यसका साथै श्रीलंकाका पूर्व क्रिकेटर नुवन जोयसापनि यो घटनामा संलग्न भएको बताइएको छ । तर नउले सबै आरोपलाई अस्विकार गरेका छन ।
आइसीसीको कारवाहीमा पर्ने जोयसा र दिलहारा तेस्रो र चौथो खेलाडी हुन । यसअघि चर्चित खेलाडी सनथ जयशूर्यापनि दुई बर्षको प्रतिबन्धमा परेका थिए ।