सुपर लिग खेल्ने खेलाडीले नराम्रो कारवाही भोग्छन-सेफेरीन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 813 पटक हेरिएको

यूरोपियन फुटबल महासंघका अध्यक्ष एलेजान्देर सेफेरीनले सुपर लिग भएपनि च्याम्पियन्स लिग निरन्तर हुने बताएका छन ।

यूरोपियन सुपर लिगको घोषणा भएपछि यूइएफएले गर्दै आएको च्याम्पियन्स लिग भने निरन्तर रुपमा हुने उनले बताए ।

साथै उनले सुपर लिगमा सहभागित हुने खेलाडीलाई कारवाही गरिने समेत बताए ।

उनले च्याम्पियन्स लिगलाई टक्कर दिने मनसायका साथ घोषणा भएको सुपर लिगमा कुनैपनि खेलाडीले सहभागिता जनाएमा करियर नै सक्ने किसिमको कारवाही हुने बताए ।

सुपर लिगको अवधारणा नै च्याम्पियन्स लिगलाई प्रतिस्पर्धा दिने हो । जसका लागि प्रिमियर लिग, ला लिगा र सिरी ए का गरेर कुल १२ क्लव संस्थापक भएर घोषणा गरेका हुन ।

सुपर लिगको घोषणासँगै यूरोपियन फुटबलमा ठूलो चर्चा सुरु भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey