त्रिकोणात्मक सिरिजका बाँकी खेलमा दर्शक निषेध गरिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 497 पटक हेरिएको

नेपाल सरकारले कोरोनाको महामारी फेरी बढेकाले भिडभाड हुने स्थानलाई बन्द गर्न निर्देशन दिएको छ ।

सोमबार विहान बसेको मन्त्री परिषद्को बैठकले रंगशालामा दर्शकको प्रवेशलाई निशेद गर्न निर्देशन दिएको थियो । जसका आधारमा नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिजका मंगलबारबाटका खेलमा दर्शकको प्रवेशलाई निषेध गरेको छ ।

क्यानले विज्ञेप्ती जारी गर्दै मन्त्री परिषद्को निर्णयलाई कार्यान्वयन गर्दै त्रिकोणात्मक सिरिजमा बाँकी खेलमा दर्शकलाई प्रवेश नगराउने बताएको छ । मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढि ब्यक्तिलाई भेला हुन नपाउने भनेको छ ।

यसका साथै दर्शक सहितको खेलकुद प्रतियोगिता नगर्नपनि भनेको छ । सोमबार विहानको बैठकले निर्णय गर्दा सोहि दिन नेपाल र मलेसियाको खेलमा भने क्यानले केहि दर्शकलाई प्रवेश गराएको थियो ।

तर सो खेल सकिएपछि क्यानले बाँकी खेलमा दर्शकलाई रोक लगाउने बताएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey