सुपर लिगको नाममा युरोपियन फुटबलमा राजनिती सुरु ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 511 पटक हेरिएको

युरोपियन फुटबल महासंघको आयोजनामा हुँदै आएको च्याम्पियन्स लिगलाई टक्कर दिने लक्ष्यका साथ प्रिमियर लिग, ला लिगा र सिरी ए का १२ क्लवले संयुक्त रुपमा युरोपियन सुपर लिगको आइतबार राति घोषणा गरे ।

यो प्रतियोगिताको घोषणा भएको केहि समयमा नै फिफाले आफ्नो आपत्तीजनक विज्ञेप्ती निकाल्यो । उसले सोझै यो प्रतियोगितालाई फिफाले मान्यता नदिने बताएको छ ।

फिफाले नयाँ सुपर लिगले युरोपको फुटबलमा फाँटो ल्याउने काम गर्न खोजेको बताएको छ । यो प्रतियोगिताका विषयमा फिफा, यूइएफएसहित बेलायती प्रधानमन्त्री बोरिस जोनसन र फ्रेन्च राष्ट्रपती इमानुइल माकरोनले आलोचना गर्दागर्दै पनि पेलेरै १२ वटा क्लवले प्रतियोगिताको घोषणा गरे ।

इंग्ल्याण्डका ६, इटाली र स्पेनका शिर्ष तीन तीन क्लवले यसमा हात हालेका छन । जसका लागि तीन दशमलव पाँच विलियन यूरो लगानी हुने बताइएको छ । सुपर लिगमा रहेका क्लवहरुले फुटबललाई हरेक स्तरमा सहयोग पुग्ने हिसावले यो प्रतियोगिता सुरु गर्न लागिएको बताइएको छ ।

तर यो नयाँ लिगका विषयमा अहिले राजनितीक गन्ध आउन थालेको छ । च्याम्पियन्स लिगलाई समाप्त पार्नका लागि यूरोपका ठूला क्लव र सो क्लवका पदाधिकारीले यो राजनिती खेलेको भन्ने आरोप पनि लाग्न सुरु भएको छ ।

तर प्रतियोगिताको घोषणा भइसक्दा अब के यो प्रतियोगिता सफल रुपमा होला या नहोला भन्ने ठूलो प्रश्न छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal