एनभीएल क्लव लिग भलिबल खेल्न आएका तीन पाकिस्तानी खेलाडी नेपालमा अलपत्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 508 पटक हेरिएको

नेपाल भलिबल संघको आयोजनामा एक साता अगाडी काठमाडौंमा भएको एनभीए कप राष्ट्रिय क्लव लिग भलिबल प्रतियोगिता खेल्न आएका तीन पाकिस्तानी खेलाडी अझै स्वदेश फर्किन पाएका छैनन् ।

रारा बुलबुलेबाट भलिबल लिग खेलेका तीनै खेलाडीलाई अहिलेसम्म स्वदेश फर्काउनका लागि रारा बुलबुलेले बेवास्ता गरेको र उनीहरु अझै नेपालमा नै रहेको बताइएको छ । जसका कारण नेपाल भलिबल संघले तीनै पाकिस्तानी खेलाडीलाई चाँडो स्वदेश फर्काउनका लागि पहल गर्न निर्देशन दिएको छ ।

सोमबार नेपाल भलिबल संघको कार्यसमितीको बैठकले बुलबुले राराबाट खेलेका पाकिस्तानी खेलाडी नेपालमा नै अड्किएको सुन्न आएकाले बुलबुले रारालाई चाँडो खेलाडी स्वदेश फर्काउनका लागि पहल गर्न निर्देशन दिएको हो ।

प्रतियोगितामा उपाधिको दावेदार मानिएको सो टिम अन्तिममा तेस्रो भएको थियो । लिगको अन्तिम खेलमा हेल्प नेपाल नेपाल पुलिस क्लवसँग तीन शुन्यको सोझो सेटमा पराजित भएपछि बुलबुले रारा फाइनल पुग्नबाट बञ्चित भएको थियो ।

जसका कारण उसले आपत्ती जनाएको थियो । त्यो खेलमा हेल्प नेपालले आफ्नो सेटका तीन विदेशी खेलाडीलाई बेन्चमा राखेको थियो ।
त्यो खेलमा एपीएफ हारेको खण्डमा बुलबुले रारा फाइनलमा पुग्ने अवस्था थियो । तर अन्तिममा तेस्रो हुन बाध्य भयो । त्यसपछि सो टिमले पुरस्कार समारोहमा पनि सहभागि भएको थिएन ।

प्रतियोगितापछि पाकिस्तानी खेलाडीलाई स्वदेश फर्काउन बेवास्ता गरेको सुनिएपछि संघले क्लवलाई उचित तरिकाले प्रक्रिया अगाडी बढाउन निर्देशन दिने र बेवास्ता गरेमा त्यसको नतिजा नराम्रो हुने संघले चेतावनी दिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey