नेपालको कसिलो बलिङसामु मलेसियाले दियो एक सय १० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 324 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा मलेसियाले नेपाललाई मात्र एक सय १० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर पाँच बलमा एक सय नौ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको मलेसियाले १७ रन हुँदा पहिलो विकेट गुमायो । उसका अनवर अरुदीलाई करण केसीले आठ रनमा आउट गरे । त्यसपछि मलेसियाको स्कोर ३४ रन हुँदा दोस्रो विकेट गयो । कप्तान अहमद फेइज मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि सोमपाल कामीले भिरन्दिप सिंहलाई मात्र ६ रनमा बोल्ड गरेपछि मलेसियाले ४५ रनमा तेस्रो विकेट खेर फाल्यो । लगत्तै सेइद अजिजलाई दिपेन्द्रसिंह ऐरीले २७ रनमा आउट गरेपछि मलेसियाले ५१ रनमा चौथो विकेट गुमायो ।

मलेसियाले ६८ रन बनाउँदा पाँचौं विकेट गुमायो । उसका सफिक सरिफलाई सन्दिप लामिछानेले १५ रनमा पेभेलियन फर्काए । लगत्तै अनिमुदिन राम्लेपनि ब्यक्तिगत पाँच रनमा आउट भएपछि नेपालले छैटौं विकेट लियो । सो बेला मलेसियाको स्कोर ७७ रन थियो ।

उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । मलेसियाले ९२ रन बनाउादा सातौं विकेट गुमायो । उसका खिजार हायातलाई कुशल मल्लले चार रनमा आउट गरे । लगत्तै सेजरुल इर्जुसलाई करणले आठ रनमा पेभेलियन फर्काए । जसका कारण मलेसियाले एक सय एक रनमा आठौं विकेट खेर फाल्यो । लगत्तै सरभिन मुनीडेलाई करण केसीले २० रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गरए । जसका कारण एक सय ६ रनमा मलेसियाले नौ विकेट गुमायो ।

अन्तिममा मलेसिया एक सय नौ रनमा अलआउट भयो ।

बलिङमा करण केसीले तीन विकेट लिए भने सन्दिप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, साहब आलम, कुशल मल्लले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey