मलेसियाविरुद्ध नेपालको राम्रो सुरुवात

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 451 पटक हेरिएको

त्रिकोणात्मक टी २० सिरिजमा नेपालले मलेसियाविरुद्ध राम्रो सुरुवात गर्न सफल भएको छ । नेपालले मलेसियाका तीन विकेट सस्तैमा लिन सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १७ रन हुँदा पहिलो विकेट गुमायो । उसका अनवर अरुदीलाई करण केसीले आठ रनमा आउट गरे ।

त्यसपछि मलेसियाको स्कोर ३४ रन हुँदा दोस्रो विकेट गयो । कप्तान अहमद फेइज मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि सोमपाल कामीले भिरन्दिप सिंहलाई मात्र ६ रनमा बोल्ड गरेपछि मलेसियाले ४५ रनमा तेस्रो विकेट खेर फाल्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal