त्रिकोणात्मक सिरिज: नेपालले चिरप्रतिद्धन्द्धी मलेसियासँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 749 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपाल मलेसियाविरुद्ध जित निकालेर फाइनलको संभावना बलियो बनाउने योजनामा हुनेछ । यता नेदरल्याण्ड्ससँग पहिलो खेलमा १५ रनको हारको स्वाद चाखेको मलेसियापनि नेपालविरुद्ध जितको खोजिमा नै हुनेछ ।

टी २० अन्तराष्ट्रिय यी दुई टिम अहिलेसम्म चार पटक खेलका छन । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल मलेसियाको पक्षमा गएको छ ।

आइसीसीले टी २० को मान्यता दिनुभन्दा अगाडी यी दुई टिम तीन पटक टी २० मा आमनेसामने भएका थिए । जसमा दुई खेल नेपालले जितेको थियो भने एक खेल मलेसियाको पक्षमा गएको थियो ।

नेपाल र मलेसिया टी २० मान्यता देश हुनु भन्दा अगाडी सन् २००७, २००९ र २०१३ मा एसीसी टी २० कपमा खेलेका थिए । तर टी २० मान्यता पाएपछि सन् २०१८ मा नेपालले मलेसिया टुर गर्दा दुई खेलको सिरिजमा नेपाल दुई शुन्यले विजयी भएको थियो ।

त्यसपछि एशिया रिजनको विश्वकप छनौटमा सन् २०१८ मा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि एसीसी टी २० इस्र्टन रिजन एशिया कप छनौटमा नेपालले २२ रनले मलेसियालाई हराएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey