बैंगलाेरकाे लगातार तेस्राे जित, काेलकाता ३८ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 313 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ । यो सिजनमा उत्कृष्ट लयमा देखिएको बैंग्लोरले कोलकातालाई ३८ रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय चार रन बनायो । सुरुवात राम्रो गर्न नसकेको बैंग्लोरले नौ रनमा दुई विकेट खेर फालेको थियो । तर ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सले उत्कृष्ट पारी खेल्दै टिमलाई बलियो लक्ष्यतर्फ बढाए ।

उसका कप्तान विराट कोहली मात्र पाँच रनमा आउट भए भने रजत पटीदर एक रनमा पेभेलियन फर्किए । तेस्रो विकेटका लागि डेभदत्त काडीक्कल र ग्लेन म्याक्सवेलविच ८६ रनको साझेदारी भएपछि बैंग्लोर सम्हालिएको थियो ।

तर देभदत्त ब्यक्तिगत २५ रनमा पेभेलियन फर्किए । चौथो विकेटका लागि म्याक्सवेल र एवी डिभिलियर्सविच ५३ रनको साझेदारी भएको थियो । जसमा म्याकसवेलले ४९ बलमा नौ चौका र तीन छक्काको मद्दतले ७८ रन बनाए ।

यस्तै डिभिलियर्सले ३४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा ७६ रन बनाए । यस्तै केली जेमिसोनले ११ रन थपे ।

जवाफमा कोलकाता २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६६ रनमा रोकियो ।

विशाल लक्ष्य पक्ष्याएको कोलकाताले २३ रनमा पहिलो विकेट गुमायो भने ७४ रन बनाउँदा चार विकेट खेर फालेको थियो । त्यसपछि उसका ब्याट्सम्यानविच गतिलो साझेदारी नहुँदा हार ब्यहोर्न बाध्य भयो ।

कोलकाताका लागि आन्द्रे रसेलले ३१ रन बनाए भने कप्तान इयोन मोर्गनले ३१ तथा राहुल त्रिपाठीले २५ रन बनाए । यस्तै नितिश रानाले १८ रन बनाउँदा सकिव अल हसनले २६ रनको योगदान गरे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

कोलकातालाई कम स्कोरमा रोक्न केली जमिसोनले ती तथा युज्भेन्द्र चाहल र हर्सल पटेलले दुई दुई विकेट लिए । बैंग्लोरले आइपीएलको इतिहासमा पहिलो पटक सुरुवातमा लगातार तीन खेलमा जित निकाल्न सफल भयो ।

जितसँगै बैंग्लोर तीन खेलमा ६ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal