नेक्सस र ओसिस सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 519 पटक हेरिएको

नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा आइतबार सफलता पाएका छन् ।

नेक्ससले जीएचसीए ‘ए’ लाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको जीएचसीए ‘ए’ ले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउदै १२१ रनको योगफल तयार पा¥यो । किसन गुप्ताले २१ तथा अनुभव खनाल र निखिल कार्कीले समान २०–२० रन जोडे । नेक्ससका जेस सर्राफ र निकेश खड्काले २–२ विकेट लिए ।

नेक्ससले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाउने क्रममा १२७ रन बनायो । अधिराज बरालले ३५ तथा दिब्यान्शु भुसालले ३२ रन प्रहार गरे । जीएचसीए ‘ए’ का अन्जुल श्रेष्ठ, किसन गुप्ता र असम मगरले १–१ विकेट चट्काए । नेक्ससका दिब्यान्शु ‘म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा ओसिसले आयोजक एन्जल्स हार्ट माविलाई सहजै १० विकेटले हरायो । एन्जल्सले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा ६० रन बनायो । एन्जल्सका सक्षमराज श्रेष्ठले २१ तथा दिवस लामिछानेले ९ रन जोडे ।

जवाफमा ओसिसले मात्र ४ ओभरमा कुनै विकेट नगुमाइ ६४ रन जोड्दै जित हात पा¥यो । सम्यम नेपाल र रोहित शर्माले समान ३१–३१ रन योगदान गरे । ४ ओभर बलिङ गर्दै ७ रन खर्चिएर ४ विकेट लिएका ओसिसका स्लोक न्यौपाने ‘म्यान अफ द म्याच’ चुनिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey