उसुमा त्रिकोणको क्लिन स्विप

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 625 पटक हेरिएको

काठमाडौं, बैशाख ५ गते । गोकर्णेश्वर नगरव्यापी अन्तरविद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उसुमा आइतबार त्रिकोण पब्लिक स्कुलको वर्चस्व रह्यो । छात्र÷छात्रामा ३–३ गरी ६ स्पर्धा समावेश उसुमा सबै स्पर्धाको स्वर्ण त्रिकोणका खेलाडीले जिते ।

गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको छाङछ्वानतर्फ छात्रमा विजय श्रेष्ठ र छात्रामा मारिया राई, नान्छ्वानको छात्रमा छिरिङ लामा र छात्रामा सुक्रिता सुनुवार तथा ताइची छ्वानको छात्रमा विवेक शाक्य र छात्रामा लक्ष्मी तामाङले स्वर्ण जिते ।

सुन्दरीजलस्थित ओख्रेणी माविमा भएको एथलेटिक्सतर्फ १ सय मिटर दौडको छात्रमा मनकामनाका सागर तामाङ र छात्रामा लिटिल बडकी निर्जला तामाङ तथा सटपुटको छात्रमा वल्र्ड युथ इन्टरनेसनल स्कुलका कृष्ण श्रेष्ठ र छात्रामा इस्टपोलकी सोनिया मोक्तानले पहिलो स्थान हात पारे ।

कबड्डीको छात्र÷छात्रा दुवैमा सेमिफाइनल समीकरण तयार भएको छ । छात्रमा लिबर्टी एकेडेमीले इस्टपोल तथा लिटिल बडले चामुण्डासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । छात्राको सेमिफाइनल गोकर्णेश्वर र अरुणोदय तथा बाल सुधार र चामुन्ण्डाबीच हुने छ ।

प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा उसुसहित एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भइरहेको युवा तथा खेलकुद उपशाखाका प्रमुख रामनारायण शाहले जनाएका छन् । प्रतियोगितामा विभिन्न २३ विद्यालयका २ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । यसै प्रतियोगिताबाट काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट गरिने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey