मलेसियासँगकाे खेलका लागि पिचकाे अवस्था हेरेर टिम बनाउछाैं-कप्तान ज्ञानेन्द्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 529 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोली मलेसियासँग खेल्दैछ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजेबाट सुरु हुनेछ । नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको नेपाल मलेसियाविरुद्ध जित निकालेर फाइनलको संभावना बलियो बनाउने योजनामा हुनेछ । यता नेदरल्याण्ड्ससँग पहिलो खेलमा १५ रनको हारको स्वाद चाखेको मलेसियापनि नेपालविरुद्ध जितको खोजिमा नै हुनेछ ।

टी २० अन्तराष्ट्रिय यी दुई टिम अहिलेसम्म चार पटक खेलका छन । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल मलेसियाको पक्षमा गएको छ ।

आइसीसीले टी २० को मान्यता दिनुभन्दा अगाडी यी दुई टिम तीन पटक टी २० मा आमनेसामने भएका थिए । जसमा दुई खेल नेपालले जितेको थियो भने एक खेल मलेसियाको पक्षमा गएको थियो ।

नेपाल र मलेसिया टी २० मान्यता देश हुनु भन्दा अगाडी सन् २००७, २००९ र २०१३ मा एसीसी टी २० कपमा खेलेका थिए । तर टी २० मान्यता पाएपछि सन् २०१८ मा नेपालले मलेसिया टुर गर्दा दुई खेलको सिरिजमा नेपाल दुई शुन्यले विजयी भएको थियो ।

त्यसपछि एशिया रिजनको विश्वकप छनौटमा सन् २०१८ मा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि एसीसी टी २० इस्र्टन रिजन एशिया कप छनौटमा नेपालले २२ रनले मलेसियालाई हराएको थियो ।

मलेसियासँगको खेलका विषयमा नेपाली कप्तान ज्ञानेन्द्र मल्लले जितका लागि नै खेल्ने बताए । उनले मलेसिया टिमले नेदरल्याण्ड्ससँग जुन किसिमको ब्याटिङ गर्यो, त्यो हेर्दा खेल प्रतिस्पर्धात्मक हुन सक्ने र पिचको अवस्था हेरेर आफ्नो टिमको टुंगो लगाउने बताए ।

साथै उनले मलेसिया टिम लामो समयदेखि सेट टिम खेलिरहेको र पछिल्लो पटक नेपालले पनि मलेसियासँग हारेकाले सोमबारको खेलमा आत्मविश्वासका साथ मैदानमा उत्रने बताए ।

नेपालले मलेसियासँग टिममा एक दुइ खेलाडी परिवर्तन गर्न सक्ने संभावना रहेकाे छ । नेपालकाे अाेपनरका रूपमा कुशल भर्तेल र अाशिफ शेखलाइ नै उतार्ने संभावना रहेकाे छ । नेदरल्याण्ड्ससँगकाे खेलमा एक सय १६ रनकाे उत्कृष्ट साझेदारी गरेका दुबै खेलाडीले अर्धशतक बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal