बैंगलाेरले काेलकातासामु २०५ रनकाे बिशाल लक्ष्य प्रस्तुत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 464 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले कोलकाता नाइटराइडर्सलाई दुई सय पाँच रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय चार रन बनायो । सुरुवात राम्रो गर्न नसकेको बैंग्लोरले नौ रनमा दुई विकेट खेर फालेको थियो । तर ग्लेन म्याक्सवेल र एबी डिभिलियर्सले उत्कृष्ट पारी खेल्दै टिमलाई बलियो लक्ष्यतर्फ बढाए ।

उसका कप्तान विराट कोहली मात्र पाँच रनमा आउट भए भने रजत पटीदर एक रनमा पेभेलियन फर्किए । तेस्रो विकेटका लागि डेभदत्त काडीक्कल र ग्लेन म्याक्सवेलविच ८६ रनको साझेदारी भएपछि बैंग्लोर सम्हालिएको थियो ।

तर देभदत्त ब्यक्तिगत २५ रनमा पेभेलियन फर्किए । चौथो विकेटका लागि म्याक्सवेल र एवी डिभिलियर्सविच ५३ रनको साझेदारी भएको थियो । जसमा म्याकसवेलले ४९ बलमा नौ चौका र तीन छक्काको मद्दतले ७८ रन बनाए ।

यस्तै डिभिलियर्सले ३४ बलमा नौ चौका र तीन छक्काको मद्दतमा ७६ रन बनाए । यस्तै केली जेमिसोनले ११ रन थपे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey