नेपाली महिला क्रिकेट टिमले उत्तराखण्डसँग खेल्ने सिरिज स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 984 पटक हेरिएको

पछिल्लो पटक नेपालमा पनि कोरोनाको संक्रमण बढेपछि नेपाली महिला क्रिकेट टिमले भारतको उत्तराखण्ड राज्य टिमसँगको एकदिवसिय र टी २० सिरिज स्थगित भएको छ ।

भारतीय क्रिकेट बोर्डले भारत र नेपालमा कोरोनाको संक्रमण बढेपछि उत्तराखण्ड टिमलाई नेपाल भ्रमणमा अनुमती नदिएको स्रोतले बताएको छ । जसका कारण यो सिरिज तत्कालका लागि स्थगित भएको छ ।

क्यानको शुक्रबार बसेको कार्यसमितीको बैठकले नेपाली महिला टिमले उत्तराखण्ड टिमसँग एकदिवसिय र टी २० सिरिज खेलाउने निर्णृय गरेको थियो । जसका आन्तरीक तयारी पनि गरेको थियो ।

तर बीसीसीआईले अन्तिम समयमा अनुमति नदिँदा अहिलेका लागि यो सिरिज स्थगित भएको स्रोतको भनाई छ । स्रोतका अनुसार नेपालले पुरुषको सिरिजपछि महिलाको सिरिजको योजना बनाएको थियो र त्यसका लागि बीसीसीआईसँग प्रस्ताव गरेको थियो । उत्तराखण्ड टिम नेपाल आउन तयार रहेपनि बीसीसीआईले अहिलेको अवस्थामा नेपाल जान नहुने भन्दै अनुमती नदिएको बताए । महिला टिमले तीन एकदिवसिय र तीन टी २० सिरिज खेल्ने योजना थियो ।

अब यो सिरिज फेरी हुन्छ की हुँदैन भन्ने प्रश्नमा भने उनले एकिन नभएको बताए । क्यानले उत्तराखण्डसँगको सिरिज नेपाली महिला टिमका लागिराम्रो एक्पोजर हुने बताएको थियो । जसका लागि क्यानले महिला खेलाडीलाई चाँडै बन्द प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । तर सिरिज नहुने भएपछि बन्द प्रशिक्षणपनि स्थगित हुने भएको छ ।

नेपाली महिला टिमले दुई बर्षपछि अन्तराष्ट्रिय सिरिज खेल्ने योजना अधुरो भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey