Mega Bank

चितवनले भत्र्यायाे तेस्राे विदेशी खेलाडी, सर्वियन गाेरान नेपालमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 109 पटक हेरिएको

नेपाल सुपर लिग फुटबलको तयारीमा रहेको एफसी चितवनले सर्वियन मुलुकका खेलाडी गोरान जेर्कोभिचलाई अनुबन्ध गरेको छ ।

क्लवले आफ्नो फेसबुक पेजमा ३४ बर्षे गोरानलाई एनएसएलका लागि भित्र्याएको जानकारी दिएको छ । उनलाई चितवनले विदेशी कोटामा ल्याएको हो । टिमलाई बलियो बनाउँदा स्ट्राइकर गोरानलाई ल्याएको हो ।

चितवनले यसअघि इजिप्टबाट दुई खेलाडीलाई ल्याइसकेको छ । जसमा अहमेद मोहम्मेद गबला र अल सायद शाबन रहेका छन ।

भरत खवास मार्की खेलाडी रहेको चितवनको प्रशिक्षकमा मेघराज केसी रहेका छन । टिमले प्रतियोगिताका लागि तयारी सुरु गरिसकेको छ । जसमा उसले हलचोक मैदानमा प्रशिक्षण गरिरहेको छ ।

नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग बैशाख ११ देखि जेठ एक गतेसम्म हुनेछ ।

भर्खरै

Advertisement