प्रदीपको गोलमा विराट गोल्डकपकाे उपाधि एपीएफको पोल्टामा
- नेप्लेज
- |
- २०७८-०१-०४
- |
- 294 पटक हेरिएको
विराट गोल्डकप फुटबलको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । शनिबार राति भएको फाइनलमा पञ्जाव पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
पहिलो हाफको १० औं मिनेटमा एपीएफका लागि प्रदीप लामाले गोल गर्दै अग्रता लिएको थियो । सोही अग्रतालाई अन्तिमसम्म कायम राख्दै एपीएफले उपाधि नै उचाल्न सफल भयो । उपाधि जितेको एपीएफले नगद १५ लाख रुपैयाँ पुरस्कार पाउँदा उप विजेता भएको पञ्जाव पुलिसले ५ लाख ५१ हजार प्राप्त गरेको छ ।
गत चैत २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्वदेश र विदेशका गरी १० क्लबको सहभागिता थियो । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको (एपिएफ), विराटनगर महानगरपालिका–११, मच्छिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, सङ्कटा क्लब, भारतको युनाइटेड सिक्किम, पञ्जाब पुलिस, वेष्ट बङ््गाल–११ तथा अफ्रिकन रुट्स एशोसिएशन क्यामरुम टोलीको सहभागिता थियो ।