नेदरल्याण्ड्सविरुद्धको जितमा नेपालले बनाएका तीन कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 1073 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एक बर्ष भन्दा बढि समयमा पहिलो पटक नेपालमा आयोजना भएको त्रिकोणात्मक टी २० सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध नौ विकेटको सानदार जित निकाल्न सफल भयो । नेपालले एकै खेलमा चार वटा कीर्तिमान बनाउन सफल भयो ।

टी २० मा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी

नेदरल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य पक्ष्याएको नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि सानदार साझेदारी गरेर कीर्तिमान बनाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १६ रनको पार्टनरसिप गरे । जसमा दुबै खेलाडीको टी २० क्रिकेटमा डेब्यु खेल थियो ।

पहिलो बलबाट नै आक्रामक खेल खेलेका कुशल र आशिफले सन् २०१९ मा भुटानविरुद्ध बनाएको एक सय आठ रनको रेकर्डलाई तोड्न सफल भए ।

यो क्रममा कुशलले ६२ रन बनाए भने आशिफले ५४ रन बनाए । उनीहरुले ७६ बलमा सो साझेदारी गरेका थिए । घरेलु मैदानमा दुबैको डेब्यु खेलमा देखाएको प्रदर्शनले नयाँ जोडीको स्थापना भएको संकेत गरेको छ ।

यसका साथै डेब्यु खेलमा नै शतकीय साझेदारी गर्ने उनीहरू पहिलाे नेपाली खेलाडी बनेका छन ।

डेब्यु खेलमा नै आशिफ र कुशलको अर्धशतक

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको ओपनरका रुपमा उत्रिएका थिए कुशल भुर्तेल र आशिफ शेख । दुबैको टी २० क्रिकेटमा पहिलो खेल थियो । त्यसका बाबजुतपनि प्रशिक्षक डेभ ह्वाटमोरले दुई युवा खेलाडीमा निकै विश्वास गरेका थिए । प्रशिक्षकको विश्वासमा उनीहरुपनि खरो रुपमा उत्रिए ।

नेदरल्याण्ड्सको बलिङलाई पारीको सुरुवात देखि नै बर्सिएका कुशलले मात्र ३० बलमा अर्धशतक बनाएका थिए । जसमा उनले पाँच चौका र चार छक्का प्रहार गरे । त्यसपछि पनि उनले आफ्नो ब्याटिङलाई कायमै राख्दै ४६ बलमा ६२ रनको उत्कृष्ट साझेदारी गर्न सफल भए । जसमा उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । राष्ट्रिय टिमबाट टी २० मा ड्रिम डेब्यु गर्न सफल कुशलसँगै आशिफ शेखका लागि पनि यो खेल बर्षोसम्म सम्झिने किसिमको रह्यो ।

एकतर्फ कुशल निकै आक्रामक तरिकाले खेलिरहेका बेला सुरुवातमा आशिफले केहि शान्त भएर खेलेका थिए । तर जब जब पारी अगाडी बढ्यो उनले पनि आफ्नो ब्याटलाई खोल्न थाले ।

टिमले दिएको जिम्मेवारीमा खरो रुपमा उत्रिएका आशिफले ३६ बलमा अर्धशतक बनाए । त्यो बेलासम्म उनले चार चौका र चार छक्का प्रहार गरे । ४६ रनमा खेलिरहेका बेला आशिफले छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरे ।

त्यसपछि अन्तिममा उनले ३८ बलमा ५४ रनको पारी खेले । नेपालका लागि टी २० क्रिकेटमा अर्धशतक बनाउने खेलाडीमा कुशल नबौं खेलाडी बनेका छन भने आशिफ १० औं खेलाडी बनेका छन ।

नेदरल्याण्ड्सविरुद्ध अहिलेसम्मकै उत्कृष्ट जित

नेपालले नेदरल्याण्ड्ससँग औपचारिक रुपमा टी २० क्रिकेटमा नेदरल्याण्ड्ससँग नौ विकेटको भारती अन्तरको जित पहिलो पटक निकालेको हो ।

यसअघि खेलिएका खेलहरुमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ठूलो जित चार विकेटको थियो । यसका साथै नेपालले नेदरल्याण्ड्ससँगको इक्वेसन तीन तीन खेलमा पुर्याएको छ ।

यसका साथै नेदरल्याण्ड्सविरुद्ध रन चेज गर्ने क्रममा कम ओभरमा लक्ष्य पुरा गरेको पनि पहिलो पटक हो । यसअघि खेलेका ६ खेलमा २० औं ओभरमा पुगेर जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey