डेब्यु खेलमा नै आशिफकाे अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०४
  • |
  • 368 पटक हेरिएको

नेपालका लागि अन्तराष्ट्रिय टी २० क्रिकेटको डेब्यु खेलमा नै आशिफ शेखले अर्धशतक बनाएका छन । उनले बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै टी २० अन्तराष्ट्रिय क्रिकेटको पहिलो अर्धशतक बनाए ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा आशिफ शेखले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि एक सय १९ रनको साझेदारी गरेका थिए । जसका कारण यी दुई युवा खेलाडीले सन् २०१९ मा भुटानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो किवेटका लागि बनाएको एक सय आठ रनको रेकर्डलाई तोड्न सफल भए ।

यो क्रमममा कुशलले ६२ रन बनाए भने आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गरे । उनले ४६ रनमा खेलिरहेको अवस्थामा छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey